Need Help ?
Call: +977- 094420135
News Flash

जिल्लाको बारेमा

जिल्ला शिक्षा कार्यालय डोटी हार्दिक स्वागत गर्दछ सम्पूर्ण सेवाग्राही महानुभावहरुमा ।।।।।

जिल्ला परिचय
       भौगोलिक रुपमा पहाडी क्षेत्रमा अवस्थित डोटी जिल्ला सेती अञ्चलको पहाडी जिल्ला हो भने जिल्ला भौगोलिक,जैविक,सामाजिक तथा सांस्कृतिक विविधताले भरिपर्ूण्ा छ । समुद्र सतहबाट लगभग ४००० मिटर उचाईमा रहेको यस जिल्लाको क्षेत्रफल २०२५ वर्ग कि.मि.छ जुन देशको कूल भुभागको १.३७ प्रतिशत हुन आउछ । प्राचीनकाल देखि नै यस क्षेत्रकै प्रशासनिक एवं व्यापारिक केन्द्रको रुपमा रहि आएको यस जिल्लाको सदरमुकाम सीलगढी र क्षेत्रीय सदरमुकाम दिपायल आज पनि व्यापारीक र प्रशासनीक हिसावले महत्वपुर्ण छ । यसै जिल्ला अन्तरगत सु.प.विकास क्षेत्रको सदरमुकाम दिपायल पर्दछ । खप्तड क्षेत्रको काखमा अवस्थित यो जिल्ला प्राकृतिक साधनबाट अत्यन्तै धनी भएकाले विकासका अनेकौ सम्भावना वोकेको  छ । जिल्लामा रहेको विभिन्न भौगोलिक अवस्थीतिले गर्दा विकासमा चुनौती पनि थपेको छ । समुद्र सतहदेखि उचाई ६०० मिटर देखि लगभग ४००० मिटर सम्म अक्षांश २८ ड्रि्री ५४ मिनेट उत्तरदेखि २९ ड्रि्री २८ मिनेट सम्म देशान्तर ८० ड्रि्री ३० मिनेट पर्ूर्वी देशान्तर  देखि ८१ ड्रि्री १४ मिनेट पर्ूर्वी देशान्तर मा अवस्थीत रहेको छ । जिल्लाको हावापानी लेकाली ठण्डा देखि अर्धउष्ण गर्मी सम्म रहेको पाईन्छ । जिल्लाको सिमाना पर्ूवमा अछाम र सर्ुर्खेत संग जोडीएको छ भने पश्चिममा डडेल्धुरा र वैतडी उत्तरतर्फबझाङ्ग र उत्तर पर्व बाजुरा जिल्ला र दक्षिण कैलाली जिल्ला संग जोडीएको छ ।
                  जिल्लाको राजनैतिक एवं प्रशासनिक विभाजन
विकास क्षेत्र                        सुदुर पश्चिमाञ्चल
अञ्चल                            सेती
जिल्ला                            डोटी
सदरमुकाम                          सिलगढी
निर्वाचन क्षेत्र                       २
इलाका  तथा क्षेत्रहरु               ११
नगरपालिका - दिपायल सिलगढी नगरपालीका )         १ -न.पा.वार्डहरु १४)
गा.वि.स. संख्या                                  ५०
जनगणना २०६८ अनुसार  जिल्लाको जनसाङ्खिक अवस्था
 कुल जनसंख्या ः २११७४६
महिला जनसंख्या ः ११४४९४  
पुरुष जनसंख्या ः ९७२५२  
घरधुरी संख्या ः ४१४४० 
औषत घरधुरी जनसंख्या ः ५.११
६ वर्षमाथिको साक्षरता प्रतिशत ः ५९.६ 
पुरुष साक्षरता प्रतिशत ः ७६.६५ 
महिला साक्षरता प्रतिशत ः ४५.६